मुख्य
सिरहा जिल्लाको परिचय

सिरहा जिल्ला सागरमाथा अञ्चलमा पर्ने तराई क्षेत्रको सबै भन्दा सानो जिल्ला हो । सगरमाथा अञ्चलको ६ वटा जिल्ला मध्ये सब भन्दा कम क्षेत्रफल भएको यस जिल्लाको क्षेत्रफल १,२२८ वर्ग कि.मि. रहेको छ । उत्तर दक्षिण फैलिएको र पुर्वपश्चिम कम चौडाई भएको तथा यसको आकार मोटामोटी आयताकार जस्तो देखिन्छ । यसको उत्तर–दक्षिण औसत लम्बाई ४२.४ कि.मी. र पुर्व–पश्चिम औसत चौडाई २८.९७ कि.मि. रहेका छ । राजनैतिक सीमानाको रुपमा सिरहा जिल्लाको पुर्वमा बलान नदी सप्तरी जिल्लाको सीमाना एवं दक्षिणमा विहार राज्यको मधुवनी जिल्लाको सिमाना, उत्तरमा चुरे पहाड उदयपुर जिल्लाको सिमाना एवं पश्चिममा कमला नदी रहेको छ । यस सिरहा जिल्लाको सदरमुकाम सिरहा नै हो । हाल यस जिल्लामा दुई नगरपालिका (लहान र सिरहा) र १०६ वटा गा.वि.स. रहेका छन् ।

यस जिल्लाको नाम “सिरहा” रहेका सम्बन्धमा विभिन्न किंवदन्ती र भनाईहरु रहेका छन् । यहााका राजा सलहेस ज्यादै आदर्श भएका र सबैलाई सहयोग गर्ने र सहारा दिने भएकाले भारतबाट व्यापार गर्न आउने व्यापारीहरु जङ्गलैजङ्गल भएको यस ठाउालाई सहारा भन्दा भन्दै अप्रभंश भएर सिरहा भएको एउटा किंवदन्ती रहेको छ । यसैगरी यस ठाउामा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई शिर भनिने हुादा जरै–जरा भएको ठाउालाई सिरहा भएको एउटा किंवदन्ती रहेको छ ।

वि.सं. २०१८ सालमा नेपाल अधिराज्यको ३४ जिल्लाहरुलाई ७५ जिल्लामा विभाजन गर्दा सम्म सिरहा जिल्लाको वर्तमान क्षेत्र सप्तरी जिल्लामा पर्दथ्यो । एकीकरण पुर्व बाईसे–चैविसे राज्यहरु जस्तै यस भेगका राजा कर्णसेन हुनुहुन्थ्यो । यस राज्यको सिमाना पश्चिम कमला नदीदेखि पुर्वमा कोशी नदीसम्म थियो, जसलाई चौदण्डी (उदयपुर गढी) भनिने गर्दथ्यो । गोर्खाली फौज काठमाण्डौ उपत्यका विजय पछि कोशी क्षेत्रको विजय गर्न पुर्व तिर लगि सरदार रामकृष्ण कुाबरको नेतृत्वमा गएको फौज फेब्रुअरी १७७३ सम्मा अरुण कोशीको किनारासम्म पुगिसकेको थियो । तसर्थ २७ मे १७७३ मा पृथ्वी नारायण शाहले भारतका गर्भनर जनरल वारेन हेस्टिङ्गलाई कामदत्त सेनलाई षड्यन्त्रद्वारा हत्यागरी बिजयपुर र अम्बरपुर (वर्तमान सिरहा र सप्तरी) अवैध रुपमा अधिकार जमाई राखेको हुादा बुद्ध कर्ण राई साग बदला लिन फौज पठाउादै छु भन्ने व्यहोराको पत्र आफ्नो वकिलहरुको हात दिई पठाए । तर उक्त पत्रको जवाफ दिनु अघि नै अभिमान सिंह बस्न्यातको नेतृत्वमा गोर्खाली फौज चौदण्डी विजयको लागि अगाडी वढ्यो । चौदण्डी र त्यसको तराई भाग –जसमा सप्तरी र सिरहा पर्दछन् ) १६ जुलाई १७७३ मा गोर्खाली फौजको हात पर्‍यो र त्यहााका राजा कर्णसेन भागेर मोरंग आए । यो विजयपछि अंग्रेजहरुले मित्रता कायम राख्न भनी विजयपुर र अमबरपुर इलाकाबाट फौज हटाउन आग्रह गरे । यसको लागि पनि मालवाजवी बुझाउन तैयार भएकोले यी इलाका गोर्खालीहरुको अधिकारमा आएर इष्ट इण्डिया कम्पनीलाई कुनै किसिमको हानी छैन भन्ने जवाफ दिए । यस प्रकार विवाद चल्दा चल्दैपनि चौदण्डी राज्यको मातहतमा रहेका सिरहा (सप्तरी) इलाका सन् १७७३ देखि नेपाल अधिराज्यको एक भागको रुपमा गाभियो ।

इ.संं. १८१४ इष्ट इण्डिया कम्पनीसाग लडाईका कारणहरु मध्ये यी इलाकाहरु उपर कसको नियन्त्रण रहने भने कुरा पनि एक भएको देखि नै आएको छ । २८ नोभेम्बर १८१५ मा अग्रेजहरुले राखेको सन्धी प्रस्तावका शर्तमा यी तराई प्रदेश उपर कम्पनी कै अधिकार मान्नु पर्ने र यस वापत नेपाललाई बार्षिक रु.२ लाख प्राप्त हुने कुरा पारेका थियो । नेपालले यो कुरा नमान्दा पुन: लडाईजाारी रह्यो । अन्तमा औलो रोगले ग्रस्त यो क्षेत्र आफ्नो नियन्त्रणमा लिईपछिसम्म कचिंगल राख्नु भन्दा छाड्नमा बुद्धिमानी देखेकोले उक्त क्षेत्र नेपालकै सीमा भित्र पर्ने र बार्षिक रु.२ लाख दिनु पर्नेगरी सन्धीमा संशोधन गर्न माने । यस प्रकार सन् १८१६ पछि मात्र वर्तमान सप्तरी, सिरहा तथा वरिपरीका तराई जिल्लालाई नेपालको पुर्ण अधिकारमा आएको थियो ।

भौगोलिक अवस्थिति

नेपालको पुर्वी भागको दक्षिणी सीमानामा रहेका सिरहा जिल्ला पुर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ । भौगोलिक दृष्टिबाट सिरहा जिल्ला पुर्व देशान्तर ८६०६। देखि ८६०२६। को बीचमा र उत्तर अक्षांस २६०३३। देखि २६०५५। को बीचमा पर्दछ । समुन्द्र सतहदेखि यसको उचाई ७६ मीटर (२४९२८ फिट) देखि ८८५ मिटर (२९०२.८ फिट) सम्म रहेका छ । यस जिल्लाको भौगोलिक बनोट अनुसार उत्तर तिर वढी उचाई र दक्षिण तिर कम उचाई भईढल्केको छ । भु– बनौटको आधारमा यस जिल्लालाई दक्षिण तर्फको भावर, तराईको समथर भु–भागमा र उत्तर तर्फको पत्रेदार श्रृखला गरी मुख्य रुपमा तीन भागमा विभाजन गर्न सकिन्छ ।

क. दक्षिण पट्टीको तराईभाग : यस तर्फको समथर भागमा प्राय: दोमट माटा पाइन्छ । यस क्षेत्रको भुमि उर्वर भएकोले कृषि, बागवानी, मतस्य पालन आदिको लागि उपयूक्त देखिन्छ । यस क्षेत्रमा चुरे तर्फबाट आउने नदी खहरेका कारणले काटन, बाढी आदिको समस्या हुने गरेको छ ।

ख. मध्य मागको भावर प्रदेश : चुरेको फेदी भागलाई भावर भन्दछन यस भागमा आएर जङ्गल समाप्त हुन्छ । यस भागमा भीठ जमिन मात्र पर्दछ । यस भागको माटो सुख्खा ग्राभेल मिसिएको खस्रो छ । यस भेगमा जमिन सतहमा पानीको अभाव र जमिन मुनिबाट पानी निकाल्न ज्यादै कठिनाई भएकोले यो भाग धेरै जसो सुख्खा हुने गर्दछ ।

ग. उत्तरी भागमा पर्ने चुरे क्षेत्र : यस क्षेत्रमा परिपक्क चट्टान बन नसकेको र बलौटे ढुङ्गा मिसिएको खुकुलो माटोमा पात्लो परात रहेकोले यो क्षेत्र भौगोलिक हिसावले सक्रिय –त्भअतयलष्अबििथ बअतष्खभ० र परिस्थितिगत हिसावले कमजोर र अस्थिर ९ाचबनष्भि० छ । बन जङ्गलको विनासले जमिनको आवरण घट्न गएको छ । अवैज्ञानिक जमिनको उपयोगले भु–सम्पदाको विनासमा सघाउ पुर्‍याएको छ । सतही माटोको परत पातलो र पानी सोस्ने क्षमतामा कमी हुने भएकोले बर्षायामको मौसममा पानीको वहाव वढी हुने हुादा चुरे क्षेत्रबाट बग्ने खोलाले चुरे क्षेत्रको सतही माटो वगाउने, पहिरो जाने नदी किनारा कटान गर्ने, बाढी तथा तराईको उर्वर जमिन बालुवाले पुर्ने गर्दछ ।

जलवायु तथा हावापानी

नेपालको पुर्वाञ्चल विकास क्षेत्रको तराईमा अवस्थित यो जिल्ला अर्धउष्ण गरम हावापानी क्षेत्र ९क्गद( त्चयउष्अब िज्थउभचभतजभचद्धmष्अ ऋष्mिबतभ श्यलभ० हो । यस जिल्लाको अधिकत्तम तापक्रम ४२० सेन्टिग्रेट र न्युनत्तम २०० सेन्टिग्रेट रहने गर्दछ । यहाा गर्मीमा अति गर्मी र हिउादमा ठण्डा हुन्छ । यसउ जिल्लाको बार्षिक औषत वर्ष १४६७ मि.मि. देखि १५५९ रहेको छ । यस मध्ये ८०% बर्षायाममा र १२% जति बर्षात समयभन्दा अगाडी एवं ८% बर्षात समयभन्दा पछाडी हुने गर्दछ । यहााको सापेक्षित आद्रता औषत ९०% भएको पाइन्छ । जिल्लाको अधिकांश बर्षा दक्षिण पश्चिम मनसुन हावाले ल्याउाछ जुन जेष्ठ महिनाको अन्त्य तिर सुरु भर्य असोज महिनासम्म रहन्छ । प्राय: जसो सुख्खा चैत्र देखि अषाढ र हिउादको मार्ग देखि फाल्गुनसम्म रहने गर्दछ ।

प्रमुख नदीनालाहरु

यस जिल्लाको प्रमुख नदीहरुमा कमला, घुर्मी, बतहा, मैनवति, गागन खुट्टी, सहजा, बलान, जिबा, भेड्वा, डिम्मा आदि रहेका छन् । उपरोक्त नदीहरुको बालुवा गिट्टीको ठेक्कापट्टा जि.वि.स. को कार्यालयबाट लगाउने गरिन्छ । यी मध्ये कमला नदीबाट मात्र सिंचाईको लागि पुर्वी तथा पश्चिमी नहर निकालिएको छ । जसबाट आंशिक मात्र सिंचाईको लागि पुर्वी तथा पश्चिमी नहर निकालिएको छ । जसबाट भारत तर्फ बग्ने भएकोले पानी सोही अनुसार वितरण गर्ने गरिन्छ । यो नदी सिरहा र धनुषाको साझा नदीको रुपमा रहनुको साथै सिरहा जिल्लाको पश्चिमी सीमानाको रुपमा कायम रहेका छ । यसै प्रकार वलान नदी सिरहा र सप्तरी जिल्लाको साझा नदी रहेका तथा यस जिल्लाको पुर्वी सीमाना रुपमा रहेको छ ।

सलहेश फुलवारी

सलहेश राजा सिरहा जिल्लाको एक लोकप्रिय नायकको रुपमा चर्चित छन् यिनी दुसाध जातिमा जन्मिएका वडा प्रतापी राजा थिए । यिनले आफ्ना बाहुबलले यो क्षेत्रमा राज्य स्थापना गरी राजा भएका थिए । यिनी कुस्ती खेल्नमा साह्रै सिपालु र बलवान पनि थिए । सर्वसाधारणका रिमर्का बुझेर तत्काल समाधानका लागि हिडिरहन्थे । सोही प्रंसंगलाई जोडेर बैशाख १ गते सलहेश मेला मनाउने गर्दछन् ।

सलहेश मेला लाग्ने ठाउा मध्ये सलहेश फुलबारी एउटा महत्वपुर्ण स्थान हो । लाहान देखि २.३ कि.मि. पश्चिममा अवस्थित यो ठाउामा बैशाख १ गते भव्य मेला लाग्दछ । यहााको गोलाकार रुपमा रहेका अंगलको एउटा रुखमा बैशाख १ गते एउटा माला आकारको फुल देखिन्छ भन्ने विश्वास सर्वसाधारणले गर्दछन । यी माला सलहेश मेलाको दिन मात्रै देखिन्छ र अरु बेला देखिादैन । सलहेश फुलवारीको १५ कि.मि. वरीपरी सलहेशसाग सम्बन्धित विभिन्न स्थानहरु रहेका छन् । सिरहा बजारदेखि उत्तरमा महिसौथा सलहेश मन्दिर छ जसलाई गाउालेलाई सलहेश महाराजको मन्दिर भन्दछन् । यो ठाउा राजा सलहेश जन्मेको र राजा भएको ठाउा मानिन्छ ।

त्यसैगरी सलहेश नुहाउने पोखरीलाई मानिक दह भनिन्छ । मानिक दहमा नुहाएर फुलबारीमा फुल टिपी पकडिया गढमा रहेको आफ्नो इष्टदेवतालाई पूजा गर्न जान्थे भन्ने विश्वास गरिन्छ । सलहेश गाथालाई सर्वसाधारण यसरी गाउाछन् –

खनुखन रही छी बेलका,

पहाडमे खन रही छी सडर बागमे,

मानिक दह स्नान करेछी,

भागैछि त एही मलिनियां खातिर ।

बाल सुन्दरी भगवती मन्दिर

बाल सुन्दरी भगवतिको मन्दिर भगवानपुर गा.वि.स. ४ मा पर्दछ । यहााको मुर्तीमाटो मुनी काले प्रस्तरको रुपमा स्थापित रहेका मानिन्छ । कथा अनुसार एक जटाबाला बाबाजीले देवीलाई आफ्नो जटामा बोकेर ल्याएका थिए । राण प्रधानमन्त्री जुद्ध समसेर तराईको भ्रमणमा आउादा यहाा बास बसेका थिए । तुरुन्तै रुपैयाा भरिने गरेका देखेर यस मन्दिरको पूजा आजाको व्यवस्थाको लागि सुन्दरपुर र वेरीदा मौजा गरी ४४ विघा जमिन गुठीको व्यवस्था गरेका थिए । यो मन्दिरमा पुजारी बेगर कोही नपस्ने चलन छ । यस मन्दिरमा वडादशैको महानवीको प्रशस्त बली प्रदान गरिन्छ ।

सारस्वरनाथा महादेव मन्दिर

सिरहा जिल्लाको सारस्वर गा.वि.स. मा सारस्वरनाथ मन्दिर रहेको छ । शैब सम्प्रदाय अन्तर्गत यो मन्दिर तीन–चार सय वर्ष पुरानो भएको अनुमान छ । ईट, काठ र माटो प्रयोग गरी बनाइएको यस मन्दिर गुम्बज शैलीमा बनेको छ । जमिनको सतहबाट पााच फिट मुनी रहेका प्राकृतिक शिलालाई शिवलिङ्ग मानी पूजा गर्ने गरिन्छ । यस मन्दिरमा शिवरात्रि र कार्तिकमा पर्ने ठुलो एकादशीमा मेला लाग्दछ । साथै प्रत्येक सोमबार कमलामा नुहाई भक्तजनहरु सारस्वरनाथको पूजा गर्दछन् ।

नन्द बाबा मन्दिर

पूर्व–पश्चिम राजमार्गको बन्दीपुरबाट करिब ३ कि.मि. उत्तर तर्फ बडहरामाल गा.वि.स. मा पर्ने यस मन्दिर करिब दुईसय बर्ष अघि नन्दबाबा भन्ने व्यक्तिले कमला नदीमा चिम्टा गाडेर पुर्वबाट पश्चिम फर्काएका थिए भन्ने विश्वास रहेका छ । नन्दबाबाको मन्दिरमा बाघ, भालु आदि जनावर पनि मानिस झै हेलमेल गरेर बसेका थिए भनिन्छ । यहाा कार्तिक पुर्णिमाका दिन उत्तरायणी मेला लाग्दछ ।

परम्परावादी समाज तथा धार्मिक अबधारण अनुसार हरेक परिवारको कुल देवता र गाउा एवं टोलैपिच्छे नगर देवता रहेका छन् । कुल देवतामा आ–आफ्नो परम्परा अनुसार धर्मराज, काली, कारिख महाराजा, बन्दी, गौरैया, गही एवं जलपैत रहेका छ भने मुसहर जातिको दिनाभद्री रहेको छ ।

यी कुल देवी–देवताहरुको पूजा सालमा एक पटक श्रावण महिनामा नाग पञ्चमीपछि लगत्तै आ–आफ्नो पर्ने दिन जसलाई बेरागन भन्दछ, सोही दिनमा गर्ने परम्परा रहेका छ । यस किसिमको पूजामा प्राय: लड्डु, पुडी, खिर आदि प्रसादको रुपमा अर्पण गर्दछन् ।

नगर देवतालाई “डिहवार” भन्दछ । डिहकाृ अर्थवस्ति, गाउा र बारको अर्थरक्षक रहेको छ । यसको पूजा पनि सालको एक पटक अषाढमा वा सो महिनापछि सुविधा अनुसार सामुहिक रुपमा पर्ने गर्दछन् । यस पूजामा लड्डु खिर प्रसादको रुपमा अर्पण गरिन्छ । कतै यस बाहेक बोका पनि बलि दिने चलन रहेको छ ।

दैनिक पूजा गर्ने देवताहरु राम–जानकी, राधा–कृष्ण, शंकर–पार्वती, हनुमान रहेका छन् । यी देवताहरुलाई ईश्वर (GOD) रुपमा पूजा अर्चना गरिन्छ । उक्त मध्ये कुनै–कुनै गा.वि.स.मा सबैको तथा कुनैमा एक दुई भगवानका मन्दिर बनाइएका छन् । यस प्रकार मन्दिहरु प्रत्येक गा.वि.स. मा १ देखि ५ सम्म रहेका छन् । मन्दिरमा हरेक दिन विहान–बेलुका साधु–सन्तद्वारा पूजा अर्चना गरिन्छ । विशेष पूजाको रुपमा राम–कृष्णा, हनुमान जन्मोत्सव क्रमश: चैत्र शुक्ल पक्ष नवमी, भदौ, कृष्णपक्ष अष्टमी र चैत्र वा कार्तिक शुक्ल पक्ष चतुर्दशीका दिन मनाउने गरिन्छ भने शिव–पार्वतीको फाल्गुण कृष्णपक्ष त्रयोदशीको राती शिवरात्री मनाउने गरिन्छ । यी अवसरहरुमा स्थानीय ठाउामा मेला लाग्ने गर्दछ । यस बाहेक यहााका व्यक्तिहरु आ–आफ्नो मत अनुसार कविर पूजा, बुद्ध पूजा, महाविर जैन पूजा, अल्हाको पूजा गर्ने गर्दछन् । यसरी पूजा गर्न विभिन्न स्थानहरुमा मन्दिर, गुम्वाहरु मस्जिद रहेका छन् । यस जिल्लाको गुम्वाहरुमा चन्द्र उदयपुर–६ को टाासी घछेलिङ्ग गुम्वा पनि एका हो । हिन्दु धर्माबलम्वीका अलावा यहाा मुस्लिम धर्मका मानिसहरुमा खास गरी शुक्रबारको दिन मस्जिदमा गईनबाज पढ्ने चलन रहेको छ । यस समुदायको बार्षिक पर्वहरुमा इद–उल–फित्र, ईद–उद–जोहा मनाउने गर्दछन् ।

पर्वहरु

यस जिल्लामा विभिन्न धर्मावलम्वीका मानिसहरुको बसोवास रहेकोले उनीहरु आ–आफ्नो परम्परा अनुसार मुख्यतया तल उल्लेखित पर्वहरु मनाउने गर्दछन् ।

दशैं

हिन्दु धर्मावलम्वीहरुले यो पर्व सालको आश्विन महिनामा मनाउने गर्दछन् । पौराणिक कथा अनुसार भगवानको दुर्गाको रुप धारण गरी महिषासुर राक्षससाग नौदिनसम्म यूद्ध गरी मारेको हुनाले सोही अनुसार दुष्ट प्रवृति नास गर्ने उद्देश्यले देवी दुर्गाको पूजा अर्चना गर्ने गर्दछन् र अष्टमी देखि भाकल गरेका व्यक्तिले प्रतिमा स्थापित भएको स्थानमा गईबोका बली दिनुका साथै लड्डु चढाई प्रसादको रुपमा ग्रहण तथा वितरण गरिन्छ । उक्त अवसरमा त्यस स्थानहरुमा वडा धुमधामसाग मेला लाग्ने गर्दछ ।

दिपावली

पौराणिक कथा अनुसार कार्तिक कृष्ण पक्ष अमावश्यको दिन देवी लक्ष्मीलाई कुाबेर महाराजले दिप प्रज्वल ति गर्दै आब्हान गरी ढुकुटी (तिजोरी) मा कैद गरेको हुनालेधनकी देवी लक्ष्मीलाई रिझाउन यस दिन आ–आफ्नो ल्याकतले भ्याए अनुसार बत्ति प्रज्वलित गर्दै पूजा अर्चना गर्ने गर्दछन् । यस पर्वलाई किसानहरु भन्दा व्यापारीहरु वढी धुमधामले मनाउने गर्दछ । यस पर्वको बेला अन्यविश्वासी व्यक्तिहरुमा भाग्य परिक्षण गर्न जुवा तास खेल्ने चलन रहेका छ, जुन समाजको खराब पक्ष हो । यस पर्वको अवसरमा ठाउा ठाउामा मेलाको आयोजना गरिन्छ ।

छठ

यो पर्व हरेक साल कार्तिक शुक्ल पक्ष पञ्चमी, षष्ठी तथा सप्तमी तिथीका दिन मनाइने गरिन्छ । पञ्चमीलाई खरना, षष्ठीलाई संझकारक तथा सप्तमीलाई पारन भन्ने चलन रहेका छ । यस पर्वमा सूर्य देवताको पूजा गरिन्छ । लोक–श्रुति अनुसार यो पर्व गर्नाले घर–परिवारका व्यक्तिहरुको स्वास्थ्य लाभ भई सुरक्षित रहन्छन् । तसर्थ कुनै पनि संकटबाट बच्नको लागि यो पर्व मनाउने गरिन्छ । यसमा प्रसादको रुपमा केला, ठकुवा तथा अन्य मिठाई फलफुल सजाई पोखरी या नदीको किनारामा गई सााझ तथा विहान पूजा–अर्चना गर्ने चलन रहेको छ ।

ईद–उल–फित्र एवं ईद–उद–जोहा :

यो मुस्लिम समुदायको मुख्य पर्व हो । यस पर्वमा मुसलमानहरु एक महिनाको उपवास (रोजा) राखेर नवाज पढी ईद मनाउाछन् । ईदको अर्थ कुनै रिस राग नराखीएक आपसमा मिल्दै घर घरमा गई खाना खाने चलन रहेको छ । यसमा खासगरी गुलियो परिकार तैयार गरी खाने चलन रहेको छ ।

यो पर्व ईद–उल–फित्र भएको २ महिना १० दिन पछि मनाउने गरिन्छ । यस पर्वमा कुरवानी दिने चलन रहेका छ । वक्र ईदको नवाज पढिसकेपछि मुसलमानहरुद्वारा कुरवानी गर्ने गरिन्छ ।

मोहर्रम

यस पर्वमा दाहा (तजिया) बनाई मुस्लिमान समुदायका पुरुषहरु आ–आफ्नो टोली बनाई नाच–गान गर्दै उक्त ठाउामा गई मनोरञ्जन गर्दछन् ।

झिझिया नाच

देवी देवताको भजन र बोक्सीको निन्दा गर्दै गितीमय पारामा नृत्य गरिन्छ । यो नृत्य घटस्थापना देखि दशैंसम्म रातको बेलामा घर–घरमा डुल्दै नृत्य गरिन्छ । यो नृत्यमा माटोको घैलामा अनेकौप्वाल पारी त्यसमाथि दियो बालेर शिरमाथि राखेर तीन–चार जनाले नाच्ने र बााकीले गाउने गर्दछन् ।

यातायात

बस सेवा– काठमाण्डौं लगायत देशका प्रमुख शहरबाट सिरहा र लहान सम्म पुग्न सकिने । साथै सिरहा र लहानबाट जिल्लाको विभिन्न भागमा वसबाट पुग्न सकिन्छ ।

अन्य सुविधा

रेष्टुरेन्ट तथा होटल तथा ट्रभल एजेन्सीहरुको व्यवस्था रहेको छ । छठ पूजा सम्बन्धी मैथिली कलाको विष्ठी नमुना ।

   © Copyright 2015. सलहेश क्षेत्र पर्यटन प्रबर्दन विकास समिति . All Rights Reserved.
Powred by : I-Life Computer Services & Technology : Saroj pd. upreti (9844031897)