मुख्य
सप्तरी जिल्लाको परिचय

नेपालको पुर्वाञ्चल विकास क्षेत्र अन्तगर्न पर्ने सगरमाथा अञ्चलमा ६ वटा जिल्लाहरु पर्दछन् । यी जिल्लाहरु हुन । सोलुखुम्बु (हिमाल क्षेत्र) खोटाङ्ग र ओखलढुङ्ग (पहाडी क्षेत्र), उदयपुर (भित्री मधेस) र सिरहा र सप्तरी (तराई क्षेत्र) । यसरी सप्तरी जिल्ला सगरमाथा अञ्चलको दक्षिणी भु–भाग स्थित तराई जिल्ला हो । यस जिल्लाको उत्तरमा उदयपुर जिल्ला, पश्चिममा सिरहा जिल्ला, पुर्वमा सुनसरी जिल्ला र दक्षिणमा पुर्वमा भारतका विहार राज्यको सुपौली र दक्षिण–पश्चिममा भारतको विहार राज्यको मधुवनी जिल्ला पर्दछन् । सप्तरी जिल्लाको झण्डैमध्य भागमा अवस्थित राजविराज नगरपालिका सगरमाथा अञ्चल र सप्तरी जिल्लाको सदरमुकाम हो ।

सप्तरी जिल्लाको कुल क्षेत्रफल १३६३ वर्ग किलोमिटर छ । यो जिल्ला नेपालको कुल क्षेत्रफलको ०.९३ प्रतिशत भाग ओगटेको छ । पुर्वपश्चिम फैलिएको र उत्तर दक्षिण कम चौडाई भएकोले जिल्लाको मोटामोटी आकार आयातकार जस्तो छ । सप्तरी जिल्लालाई ११४ वटा गा.वि.स.मावााडिएको छ भने १० वटा कडा भएको एउटा राजविराज नगरपालिका छ ।

कोशी नदीको वाढीले धेरै दु:ख दिने गरेकाले सप्तकोशीलाई सात शत्रु अथवा “सप्तअरी” (सप्तरी) को अप्रभंशबाट यो जिल्लाको नाम सप्तरी रहन गएको भन्ने ंिकंवदन्ती छ । अर्को थरी विद्धानहरुका अनुसार “सप्त” ले सात र “तरी” भन्नाले उब्जाउ भुमिको रुपमा पनि सप्तरीको नामाकरण भएको जनश्रुति छ । विभिन्न प्रकारका फसलको उपज हुने भएकोले यस क्षेत्रलाई सप्तरी भन्न थालिएको किंवदन्ती छ ।

भौगलिक स्थिति

भौगलिक दृष्टिबाट सप्तरी जिल्ला पुर्व देशान्तर ८६०२८, देखि ८७०७, को बीचमा र उत्तर अक्षांश २६०२५, देखि २६०४७, को बीचमा पर्दछ । समुन्द्र सतह देखि यसको उचाई ६१ मीटर (२०० फिट) देखि ३०५ मिटर (१०० फिट) सम्म छ ।

उत्तरतिर बढी उचाई र दक्षिण तिर कम उचाई भई ढल्केको छ । भौगोलिक बनावटको दृष्टिकोणबाट सप्तरी जिल्लालाई तीन भागमा बाड्न सकिन्छ । सप्तरी जिल्लाको उत्तरमा चुरे पर्वतको पानी ढलो, पश्चिममा बलान नदी र पुर्वमा कोशी नदी पर्दछन् । तर, दक्षिण पुर्व र दक्षिण–पश्चिममा कुनै प्राकृतिक सीमाना छैन ।

क. उत्तरी भागमा पर्ने चुरे डााडा : यो भाग ३०५ मीटर (१००फिट) देखि ६१० मीटर (२००० फिट) सम्मको उचाईमा छ । जिल्लाको जङ्गल यसैभागमा सीमित छ । चुरे पर्वत यसै जिल्लामा अन्त हुन्छ ।

ख. मध्य भागको भावर प्रदेश : यस भागमा भीठ जमीन मात्र पर्दछ । यस भागमा आएर जङ्ग समाप्त हुन्छ । जिल्लाको जग्गाको लगत हेर्दा भीठ जमीन र खेतको अनुपात १.५ देखिन्छ ।

ग. दक्षिण पट्टीको तराई भाग : तराई भाग सप्तरी जिल्लाको समथर क्षेत्र हो र यो भाग सप्तरी जिल्लाको उर्वर भु–भाग हो ।

हावापानी

सप्तरी जिल्लाको जलवायु उष्ण हुन्छ । गर्मीमा अती ठण्डा हुन्छ । तापक्रम ४२० सेन्टिग्रेड र हिउादमा ७० सेन्टिग्रेड (४५० फरेनहाक्ष्ट) सम्म झर्छ । यस जिल्लामा औसत बार्षिक १५८८.९ देखि २०९६ मिलिमिटर वर्षा हुन्छ ।

बन तथा बनस्पती

सप्तरी जिल्लाको समथर क्षेत्रमा ३३२७ हेक्टर (३%) र चुरे पहाडी क्षेत्रमा २३८३४ हेक्टर (८२ %) वन रहेको छ । यस जिल्लामा चुरे पर्वतको दक्षिणी पाटामा रहेका पातलो जङ्गल बाहेक अरु जङ्गल छैन । यस जिल्लाको चारकोसे झाडी धेरै अघि नैफाडीसकेको छ । वर्तमान वन सीमानामा उत्तर चुरे पानी ढलो, जिल्लाको वन क्षेत्र (कोशी पारी) र पश्चिममा वलान नदी रहेको छ । यस सीमाना भित्र पनि कञ्चनपुर र फत्तेपुर वरिपरी रहेका बााकी जङ्गल पातलिदैगईरहेको छ । जिल्लाको वनमा मुख्य रुपमा साल र असना पाइन्छ । सो बाहेक कर्मा, टुन, बााझी खयर, जामुन, सिमल, सिसौ जस्ता रुखहरु पाइन्छ । वन्य पैदावारमा वनकस, कासे, सावे, बाास सिमलको भुवा, थाकलको पात, विंडीको पात, भोर्लाको पात मुख्य हुन । यहाा पाइने बाझो, हर्रो, वर्रो, अमला, सतावरी मुख्य हुन । सप्तरी जिल्लामा सामुदायिक र निजी वन र वृक्षारोपण कार्य तीव्र गतिले भैरहेको छ ।

प्रमुख नदीहरु

सप्तरी जिल्लाका प्रमुख नदीहरु यी हुन :

१.कोशी : जिल्लााको पुर्वी सीमानाको रुपमा रहेको छ । जिल्ला भित्र कोशी नदीको लम्वाई करिब ४२ किलोमिटर छ । यस नदीबाट पुर्वी र पश्चिमी नहर निकालिएको छ ।

२.त्रियुगा : यो नदी जिल्लाको पुर्वी भागको उत्तरमा पर्दछ । यो नदी उदयपुर जिल्ला हुादै सप्तरी जिल्लाको फत्तेपुर र ओद्राहा गा. वि.स. मा आएर कोशी नदीमा मिल्छ । यो नदी सदावहार नदी हो । यस नदीबाट चन्द्र नहर निर्माण भएको छ ।

३.सुन्दरी : चुरे पहाड उदगम स्थल भएको यो नदी पुर्व पश्चिम राजमार्ग देखि दक्षिणतिर फराकिलो हुादै रुपनगर गा.वि.स. भएर दक्षिण तिर बगेको छ ।

४. खााडो : चुरे पहाडबाट निस्केको यो बर्षे नदी हो । पुर्व पश्चिम राजमार्ग देखि दक्षिण यो नदी फराकिलो हुादै वगेको छ । यो एउटा विनाशकारी नदी हो । नकटीरायपुर, तेरहोता, दिघवा, पकरी, महदेवा गा.वि.स. को कजौली, बभनगामाकट्टी गा.वि.स. तोपा, विसहरिया र तिलाठी गा.वि.स. खााडो नदीबाट गम्भीर रुपले प्रभावित छन् ।

५.महुली : यो नदी चुरे पहाडबाट निस्केको छ । यो नदी बकधुवा, टेलिया, मयनाकडेरी गा.वि.स.हुादै दक्षिण तिर बगेको छ । यो बर्षे नदी हो ।

६.वलान : यो नदी सप्तरी जिल्लाको पश्चिमी सीमाना नदी हो । जिल्ला भित्र यस नदीको लम्बाई करिब २७ किलोमिटर छ । यो नदी पुर्व पश्चिम राजमार्ग देखि दक्षिण धेरै फराकिलो भई बगेको छ । यो नदी सप्तरी र सिरहाको लागि अभिशापको रुपमा छ ।

७.अन्य नदीहरु : सप्तरी जिल्लाका अन्य नदीहरुमा विहुल, खडक, घोडदह, अमसोत, सुरुरु, चहक र मुतनी प्रमुख छन् ।

प्रमुख पर्यटकीय स्थलहरु

हनुमान नगर

सप्तरी जिल्लाको सबभन्दा पुरानो शहर (हाल गा.वि.स. को रुपमा) हनुमान नगर हो । वि.सं. २००० अघि सप्तरीको सदरमुकाम हनुमान नगर थियो । हनुमान नगर हनुमान मन्दिरको नामबाट राखिएको हो । हनुमान नगर राजविराज देखि १२ किलोमिटर पुर्वकाशी नदीको पश्चिमी तटवन्धको छेउमा स्थापित छ ।

हनुमान नगरको हनुमान मन्दिर कस्रौटीको पत्थरले निर्मित छ । यस मन्दिरको स्थापना कल निर्धारण गर्न सकेको छैन । यद्यपि यो मन्दिरसर सयौा बर्ष पुरानो रहेको अनुमान छ । वि.सं. १९९६ पौष सुदी १ रोजमा कमाण्डर श्री कर्णेल कलुबीर विक्रम ध्वजले मन्दिरलाई एउटा घण्टीमा उल्लेख गरिएको मितिबाट थाहा हुन्छ । हनुमान नगर गा.वि.स. को वडा नं. ७ लिलजा टोलामा सयौं बर्ष पुरानो ऐतिहासिक इनार छ । इनारको ईटको लम्बाई २५ इन्च र २२ इन्च चौडाई र उचाई ३.५ इन्च रहेको छ ।

छिन्नमस्ता

नान्य देवको वंशमा पााचौ पुस्तामा साक्र सिंह राजा भए । यिनको राज्यकाल सन् १२७५ देखि १३०७ सम्म मानिएको छ । राजा सात्र सिंहले आफ्नो बुढेसकालमा छोरा हरिसिंह देवलाई आफ्नो जनप्रतिनिधि बनाई आफु शेष जीवन विताउन सप्तरी आएका थिए भन्ने विश्वास गरिन्छ । यिनैराजा साक्रदेव सिंहले आफ्ना कुलदेवी सक्रेश्वरीको (जो छिन्नमस्ता भगवती नामले प्रसिद्ध छिन्) स्थापना गरी बनाएका थिए ।

आजभन्दा करीब तीन दशक पुर्व सखडा भवानीलाई शंखडेश्वरी भगवती भनेर पूजा गरिन्थ्यो । पञ्चायतकालमा सखडालाई छिन्नमस्त भन्न थालियो । यसैको आधारमा छिन्नमस्ता गाउा पञ्चायत नामाकरण गरियो । आज पनि सखडा भगवतीलाई छिन्नमस्ता भगवती भनेर पूजा गरिन्छ । दशैंमा यहाा ठुलो मेला लाग्छ । सप्तरीको यो एउटा महत्वपुर्ण ऐतिहासिक तीर्थस्थल हो । यो मन्दिर राजविराज देखि करीव ९ कि.मि. दक्षिण भारतको सीमा नजिक स्थापित छ ।

मानराजा

मानराजा सप्तरी जिल्लाको एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक स्थान हो । मानराजा राजा मानदेवको प्रशासनिक इकाई भएको अनुमान छ । मानदेवलाई बालक राजा देखेर पहिले वंशवर्ती पुर्वका सामन्त र पश्चिम गण्डकी पारी मल्लपुरका सामन्त स्वतन्त्र हुनको लागि मानदेवको विरुद्ध उठ्न थाले । मानदेव बालक भए पनि पराक्रमी र सहासी थिए । उनले आमाको आज्ञा लिई फौज साथ पुर्वका सामन्त दमन गर्नु निस्केको थिए । पुर्वका सामन्त कज्याउन उनलाई गाह्रो परेन ।

सामन्तहरु मानदेवको आधिपत्य स्वीकार गरेकोलेव उनले सामन्तहरुलाई शासन गर्न पुर्ववत् थामी दिए । पुर्वका सामन्त राजा सम्भवत: किराात (कोशी प्रदेशका) थिए । यसरी अनुमान गर्न सकिन्छ कि मानराजा मानदेवको कोशी प्रदेशको शासन गर्ने राजधानी थियो । मानराजामा रहेका मुर्तिको कलाकृति सित मिल्दोजुल्दो रहेका छन् । यी तथ्यहरुका आधारमा हालको मानराजा राजा मानदेवको कोशी प्रदेश राजधानी थियो भन्ने अनुमान गर्न सकिन्छ ।

चन्द्रभागा भगवती

सप्तरी क्षेत्रमा १५ औं शताव्दीमा चन्द्रकेतु नामका राजा भएको विश्वास गरिन्छ । यिनै राजाले वर्तमान सप्तरी जिल्लाको उत्तर पुर्वमा राजमार्ग नजिक पर्ने धर्मपुर गाउा देखि करिव ५ किलोमिटर उत्तरमा पर्ने चुरे पर्वतमाथि उनका कुलदेवी चन्द्रभागा भगवतीको स्थापना गरेको थिए भन्ने विश्वास गरिन्छ । उक्त मन्दिरको भग्नावशेष यद्यपि छादैछ । यसै मन्दिरको एउटा स्तम्भलाई शम्भुनाथ भनी पूजा गर्ने चलन छ । यो शम्भुनाथ स्तम्भ कचन्दहा गाउामा स्थापित छ ।

राजा बनौली

यस क्षेत्रमा द्रोणबार राजा परादित्य नामका राजा थिए र वर्तमान बनौली भन्ने स्थानमा रहेको भग्नावशेष यिनको राजधानी हो भन्ने विश्वास गरिन्छ । यी राजा मैथिलीका प्रसिद्ध कवि विद्यापतिका समकालिन थिए र उनले “लिखनावली” नामको ग्रन्थ लेखेका हुन भन्ने किंवदन्ती छ । बनौली भन्ने स्थान राजविराज देखि १६ किलोमिटर सीधा पश्चिम र पुर्व पश्चिम राजमार्ग देखि करीव २० किलोमिटर दक्षिण पर्दछ ।

गिद्धखोरा

पुर्वपश्चिम राजमार्ग देखि ५ किलोमिटर उत्तरपट्टीको चुरे पहाड भित्र गिद्धखोरा भन्ने स्थान छ । यस स्थानमा बुढा भएका गिद्धहरु मर्ने बेलामा मान्छेहरु काशी वास भए जस्तै यिनीहरु पनि यहाा झुण्डमा बसेका पाइन्छ ।

विष्णु मन्दिर

रुपनगर गा.वि.स. ५ मील टोलमा शालीग्राम शीलाको विष्णु मुर्तीको वरिपरी दश अवतारका मुर्ती २००१ सालमा गुजाई यादव भन्ने व्यक्तिले घर बनाउन खम्बा गाडी रहेको बखत घोप्टिएको अवस्थामा फेला परेको थियो । यो मुर्ती करिव २६ सय बर्ष पुरानो भएको अनुमान छ । २०३५ सालमा यस मन्दिरको निर्माण भएको हो ।

लक्ष्मी नारायण मन्दिर

मौवाहा १ मा रहेको यो मन्दिर करीव डेढसय वर्ष अघि स्थापना भएको अनुमान छ । अर्को लक्ष्मी नारायण मन्दिर गा.वि.स. सारस्वर कुशमहारमा स्थापित छ मुगल सम्राटको आक्रमणमा लक्ष्मी नारायण मुर्तीलाई अपाङ्ग पारिएको थियो भन्ने कुरा मुर्तीमा रहेका खतबाए थाहा हुन्छ ।

शम्भुनाथ मन्दिर

दो मन्दिर पुर्व–पश्चिम राजमार्ग देखि २०० मिटर दक्षिण शम्भुनाथ गा.वि.स.मा अवस्थितका शम्भुनाथ भगवान शिवको प्रतिक रुपमा रहेको छ । यहाा प्रत्येक बर्ष बैशाख १ गते देखि मसान्त भेला लाग्दछ ।

राजदेवी मन्दिर

यसै मन्दिरको नामबाट राजविराज नाम राखिएको छ । राजविराज वडा नं. ९ मा राजदेवी भगवती जमीन मुनी खाल्डोमा विराजमान छिन् । २०५३ सालमा मन्दिरको जीर्णद्वारा गर्दा उत्खन्नबाट विभिन्न प्रकारका मुर्तीहरु भेटिएको कुराबाट यो स्थान अति प्राचिन रहेको देखिन्छ ।

राजदेवी मन्दिर सेन राजाको इष्टदेवी रहेका कुरा इतिहासकारहरुको भनाई छ । यस्तै मन्दिर मकवानपुर गढीमा छ । यसमा शिलाको पूजा गरिन्छ र सो मन्दिरलाई राजदेवी मन्दिर भनिन्छ । त्यो मकवानपुरको सेन राजा इष्टदेवी राजदेवीको थियो । यस दृष्टिकोणले राजविराजको राजदेवी मन्दिर सेनकाली भएको अनुमान छ ।

ठेलिया मन्दिर

यो मन्दिर पुर्व पश्चिम राजमार्गको सिमरा चौक देखि २ कि.मि. दक्षिणमा स्थापित छ । यहाा शिखहरुको गरु ग्रन्थ राखिएको छ । प्रत्येक बर्ष कार्तिक र माघ एकादशीमा यहाा ठुलो मेला लाग्दछ । खडरी पर्दा सप्तरीको प्रशासन प्रमुखले यस मन्दिरमा पूजा गरे पनि पानी पर्ने किंवदन्ती छ ।

भजनेश्वर नाथ

यो मन्दिर गा.वि.स. घोघनपुर १ मा स्थापित छ । २०४० साल भाद्र ४ गते भजन चौधरीले खेत खन्दा वखत शीव पार्वतीको अति सुन्दर मुर्ती फेला परेका थियो । भजन भन्ने व्यक्तिले फेला पारिएको हुनाले यसलाई भजनेश्वर नाथ भन्न थालियो । शिव पार्वतीको साथमा डमरु वसहा, त्रिशुल, नाग, बाघ र घतुरोका फुल समेत रहेका छन् ।

कंकालिनी मन्दिर

भारदह गा.वि.स.को पुर्वछेउमा कोशी पश्चिमी तटबन्धसागै पुर्व पश्चिम महेन्द्र राजमार्गको उत्तर पट्टी यो मन्दिर स्थापित छ । बैरवाको विर्तावाल उदयानन्द पण्डितलाई भगवतीले सपना दिादा उनले जङ्गलमा भगवतीको मुर्ती खोज्न आफ्ना मानिस पठाउादा कालीको मुर्ती फेला परेका थियो राागाको वलीको लागि यो भगवती प्रसिद्ध छ । वली प्रदान गर्दा वर्गको गतमा भिङ्गा लाग्दैन भन्ने कुराबाट भगवतीको पराक्रम देखिन्छ ।

मझौ भगवती

मझौबोरिया गा.वि.स. वडा नं. ९ को एउटा गाउा हो । यहाा भगवतीको मन्दिर छ । हैजा र अन्य महामारी फैलिएको बेला बाजागाजा सहित जिल्लाको विभिन्न गाउाबाट भगवतीको पूजा गर्ने परम्परा छ ।

बलिया मठ

डाढा गा.वि.स. अन्तर्गत बलिया गाउामा भगवती स्थान छ । जुनकि करिब २७५ बर्ष पुरानो भएको अनुमान छ । यस भगवती स्थानलाई बलिया भगवती मठ भनिन्छ ।

दिनाभद्री मरौटी

पुर्वपश्चिम महेन्द्र राजमार्ग देखि झण्डै १२ कि.मि. उत्तर चुरिया पहाडमा महुली खोलाको किनारमा किसानारामको थान छ । किसनाराम र सोवरण दुई शक्तिशाली यदुवंशी दाजुभाई थिए । जङ्गलमा गाईभैसी चराउादा सलहेशसितको लडाईमा मारिएका थिए र मारिएका ठाउालाई किसनाराम मरौटी भनिन्छ भन्ने किम्बदन्ती छ ।

अन्य : माथि उल्लेखित ऐतिहासिक स्थानहरुका अतिरिक्त जिल्लाका विभिन्न गा.वि.स.हरुमा विभिन्न प्रकारका पुरातात्विक र ऐतिहासिक वस्तुहरु एवं स्थानहरु छन् जसबारे हालसम्म खोज अनुसन्धान अध्ययन र प्रकाशन हुन सकेको छैन । यी ऐतिहासिक वस्तु र स्थानहरु निम्नानुसार छन् ।

नार प्रिप्रावुर्व वडा नं.७ पत्थरीमा एउटा इनार छ जुन कि झण्डै ३०० बर्ष पुरानो रहेको अनुमान छ । गा.वि.स. वभनगामा कट्टी वडा नं. ८ मंसापुरमा झण्डै २०० बर्ष पुुरानो एउटा इनार छ जसलाई बुढिया इनार भनिन्छ । गाा.वि.स. बसवलपुर वडा नं.९ मा एउटा प्राचिनकालको इनार छ । यस इनारको पानीले नुहाउादा रोग निको हुने विश्वासर परम्परा छ ।

सलहेस पिर्का

धरमपुरमा यो सलहेस पिर्का अवस्थित छ ।

खण्डहरु

गा.वि.स. इनर्वा वडा नं.१ को उत्तरी भागमा करीव ५/७ सय बर्ष पुरानो ऐतिहासिक खण्डहरु छ ।

अंकुर महादेव र अकवर साह स्थान

अंकुर महादेव र अकवर साह स्थान गा.वि.स. अकवरपुरमा छ । यसै स्थानको नामबाट गाउाको नाम अकवरपुर रहन गएको भनाई छ ।

कजरा ठाकुर

यो गा.वि.स. प्रसवनी वडा नं. ९ मा पर्दछ । यस दहलाई कजरा दह भनिन्छ । त्यसको बीचमा कजरा ठाकुरको मन्दिर अवस्थित छ । कजरा दह कै सीमा भित्र इनारको खण्डहर पनि छ । हाल यहाा सामुदायिक वन छ । यहाा प्रत्येक बर्ष मेला लाग्छ ।

इनार गढी

यो इनार गढी गा.वि.स. वरही विरपुर वडा नं. १ टाटीमा पर्दछ ।

वडही दह

या गडही गा.वि.स. पत्थरगाडामा रहेको छ ।

राजगढ

राजगढ स्थान गा.वि.स. नर्घोमा रहेको छ । उत्खनन गर्दा पुरातात्विक वस्तुहरु भेटन्छ ।

पोखरी

गा.वि.स. रौतहट वडा नं. २ मा १८ विघा प्राचीन कालको पोखरी छ । यो गाउा राजा कत्र सिंहले स्थापना गरेका थिए भन्ने गाउालेहरुको धारणा रहेको छ । यो धरहर राजा कक्र सिंह कै पालाको हो भन्ने अनुमान गर्न सकिन्छ ।

मंजुरनी खाता

मंजुरनी खाता माटोको उच्चो भागको अवशेष हो । यो अति प्राचीन स्थल हो मंजुरनी खाताको अवशेष सप्तरी जिल्लाको कमलपुर गा.वि.स. ओद्राहामा रहेको छ । प्राचीन कालमा शासनहरुको मंजुरी(सहमति) बाट चुरे क्षेत्र भित्र गंगा नदीसम्म आवत जावत गर्न मुल मार्गको रुपमा माटोको उच्चो अवशेष बनाएको पाइन्छ । सप्तरी जिल्लाको कमलपुर गा.वि.स.मा ओद्राहा गाउा छ भने विहार प्रान्तको समदा अरहामापनि विद्यमान छ । यसरी शासकहरुको मंजुरी लिएर बनाएको सो मार्गको अवशेषलाई मंजुरनीखाता भनिएको छ । सो मंजुरनी खाताको निर्माण सेन वंशीय विजयपुरको सहमति सेन, पर्सा देखि कोशी सम्म क्षेत्रका राजा मणिक सेन र चौदण्डीका राजा जगतसेनको मंजुरीले निर्माण गरिएको अनुमान गरिन्छ ।

कनकपट्टी पर्खाल

यो पर्खाल २०५४ सालमा कनकपट्टी गाउा भन्दा उत्तरतिर पुर्व पश्चिम राजमार्गको ट्राफिक चौक देखि उत्तर चुरे डााडामा नदी कटान हुादा उत्खनन भएको हो । चुरो डााडाबास निस्कने नदीले कटान गर्दा एउटा पर्खालको खण्ड निस्क्यो । यो पर्खाल अन्यन्त कलात्मक छ । यो पर्खाल कुनै सेनकालिन मन्दिरको पर्खाल हुन सक्ने अनुमान छ । किनकी चुरे डााडामा सेनकालिन अवशेष छ । यस पर्खालको संरक्षण हुन सकेको छैन ।

सकरापुर

राजविराज देखि कुनौली भन्सारसम्म टेम्पोबाट र त्यसपछि १ घण्टा पैदल बाटोबाट पुग्न सकिने यस स्थल साक्र सिंह राजाको नामबाट सकरापुर रहन गएको हो यहाा रामनवमी, दशैं र होलीमा मेला लाग्दछ ।

सप्तरी जिल्लामा धार्मिक स्थानहरु, सार्वजनिक स्थानहरु र मठ मन्दिरहरु निर्माण गर्ने जिर्णेद्वार गर्ने वढी जनचासो रहेका छन् । त्यसैले मठ मन्दिरको निर्माण दिनानु दिन बुद्धि भईरहेको छ । यस्ता मन्दिरहरुको निर्माण निजी र सरकारी लागतमा समेत भईरहेको छ । परम्पराबादी धार्मिक समाज भएकोले परिवार पिच्छे कुल देवता र गाउा एवं टोल पिच्छे डिहवार रहेका छन् । सम्पुर्ण देवी देवताको स्थानहरु मध्ये केही महत्वपुर्ण देवताका मन्दिरहरुको संख्या तल दिइएको छ ।

उपरोक्त मन्दिरहरु बाहेक जाति र धर्मावलम्बीको आधारमा विभिन्न प्रकारका देवी देवताका स्थान र मन्दिरहरु रहेका छन् । जस्तै : सलहेस थान, सोसिया थान, दिनाभद्री, डगरीन थान, राजाजी स्थान, महन्थ स्थान, पञ्चकन्या, डाकनी स्थान आदि ।

बौद्ध स्तुप

सप्तरी जिल्लामा बौद्ध धर्मावलम्बीहरु १.४ प्रतिशत छन् । तर बौद्ध स्तुपको संख्या नगण्य छ । प्रसवनी माध्यमिक विद्यालयको प्रागनमा हरिहरपुर गा.वि.स. वडा नं. १ मटिगढी गाउामा एउटा बौद्ध स्तुप छ । सप्तरी जिल्लाको अन्य भागमा बौद्ध स्तुप छैन ।

मस्जिद

यस जिल्लामा मुसलमानको धार्मिक स्थान मस्जिद मुसलमानको वस्ती पिच्छे रहेका छन् । तर, प्रमुख मस्जिदहरुमा राजविराजको मस्जिद, जगदरी थलही, सारसर लालापट्टी, रुपनी, कल्याणपुर, कुसहा, टिकुलिया, चनौरा, पकरी आदि गाउाहरुमा पक्की मस्जिद रहेका छन् ।

जात्रा,पर्व र मेलाहरु

दशैं तिहार (दुर्गा पूजा) , छठ, शिवरात्री, होली, बालाचतुर्दशी, सलहेस मेला, शम्भुनाथ मेला, सिस्ना मेला, कोशी मेला, यातायात । बस सेवा काठमाडौं लगायत देशका प्रमुख शहरबाट राजविराज सम्म पुग्न सकिने ।

अन्य सुविधा

रेष्टुरेन्ट तथा होटल र ट्राभल एजेन्सीहरुको समुचित व्यवस्था रहेको छ ।

   © Copyright 2015. सलहेश क्षेत्र पर्यटन प्रबर्दन विकास समिति . All Rights Reserved.
Powred by : I-Life Computer Services & Technology : Saroj pd. upreti (9844031897)